नियम २९
समितिलाई रकम उपलब्ध गराइने
(१) परिषद्ले समितिको कार्ययोजना बमोजिमकाे कार्यक्रमहरू कार्यान्वयन गर्न समितिलाई वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिम समितिलाई रकम उपलब्ध गराउ“दा कार्य प्रगतिका आधारमा चौमासिक रूपमा निकासा दिनु पर्नेछ ।
(३) परिषद्ले देहायको आधारमा विभिन्न समितिलाई उपनियम (१) बमोजिम रकम उपलब्ध गराउनेछः–
(क) समितिको इलाका र जनसंख्याको आकार,
(ख) सामुदायिक विकासको माग र आवश्यकता,
(ग) वन्यजन्तुले समितिको इलाका क्षेत्रमा पु¥याएको असर,
(घ) वन्यजन्तु, वन पैदावार तथा प्राकृतिक स्रोतको संरक्षण गर्न त्यस क्षेत्रका वासिन्दाले पुरयाएको योगदान,
(ङ) जैविक विविधताको संरक्षण र सामुदायिक विकासमा स्थानीय जनताको सक्रियता तथा सहभागिता,
(च) कुनै खास क्षेत्रमा सञ्चालन हुने साझेदारीमा गरिने आयोजनाको लागत,
(छ) समितिले संचालन गरेका कार्यक्रमको परिणाम र गुणस्तर ।